धरानको विकासमा वडा अध्यक्षहरू बाधक भए – मेयर साङपाङ

वि.सं.२०८० वैशाख ६ बुधवार

काठमाडौं, बैशाख ६ गते । धरानको विकासमा वडा अध्यक्षहरू बाधक भएको धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले आरोप लगाए छन् ।आज समाजिक सञ्जाल मार्फत उनले यस्तो आरोप लगाएका हुँन् । साथै मेयर साङपाङले उपमहानगरको बैठकमा सहभागी नहुने वडाअध्यक्षहरूलाई राजीनामा दिन लगाउनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,’धराने जनता हो… तपाइँहरुको बिकास रोकिने भयो ! अब बैठक नआउने वडाअध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउनु ! म प्रक्रिया मिलाउन सघाउँछु ! अनि उपनिर्वाचन गरेर रिक्त वडाअध्यक्षहरूको पद पूर्ति गराएर धरानलाई अघि बढाउनुपर्छ !’।
प्रकाशित समय : ०५:२० बजे