back

लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने

लमजुङ वैशाख ६ गते । लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको यही वैशाख १५ गते पोखरामा आयोजना हुने स्थापना दिवसको अवसरमा लोक गायिका गुरुङलाई सम्मान गरिने भएको हो ।

प्रतिष्ठानको सोमबार बसेको बैठकले गुरुङलाई लोकसंगीत सम्मान सहित कम्तीमा ५० हजार रुपैयाँ राशीको पुरस्कार दिइने प्रतिष्ठानका उपकूलपति गोरे गुरुङले बताए। गायिका गुरुङलाई ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा उनले स्थापना गरेका हुन् ।

लमजुङको बेंसीसहर नगरपालिका ५, नाल्माका लोक गायिका माया गुरुङ वि.सं. २०३० सालदेखि लोक गीतसंगीत प्रति अनावरत रुपमा लागि पर्दै आएकी छन् । लोकगायिका माया गुरुङले गाएको ‘गाउँसहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन, भैसक्यो मेरो घरबार’ बोलको गीत एकताका निकै चर्चित थियो ।

लोककला क्षेत्रमा तीनदशक भन्दा बढी समयदेखि विभिन्न समस्यासँग जुध्दै लोकसंस्कृतिको संरक्षण र संवद्र्धनमा लागेको भन्दै उहाँलाई सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

२०४५ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा यही गीत गाएर प्रथम भउकी उनले ‘सैलुङ्गे डाँडा नाल्माको….माया सरर, खुर्पेटो डोकोले….लगायत एकल र युगल तथा सामूहिक गरी करिब २ सय गीत गाएकि छन् । उनले ११ वटा गीति एल्बम समेत निकालीसकेकी छन् ।


लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:४३

काठमाडौ, २५ जेष्ठ । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने...

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:३०

काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो...

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:२१

काठमाडौं, २५ जेठ । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका...

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:०९

काठमाडौ, २५ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:५७

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४६

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि...