सवारी दुर्घटनाः एकै परिवारका तीन जनाको मृत्यु

वि.सं.२०८० वैशाख ६ बुधवार

काठमाडौं, ६ चैत गते । महोत्तरीमा दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । आज यात्रुबाहक बस र मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश–०१–००४–६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गौशाला नगरपालिका–२ बस्ने अमित कुमार मण्डल, सिरहा कल्याणपुर विवाह गरेर गएकी मण्डलकी बहिनी अन्जु मण्डल र उन्की ४ बर्षिय छोरी अन्सु मण्डलको उपचारको क्रममा मृत्यु भएको हो ।अमित र अन्शुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा र अन्जुको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १०:०३ बजे