भारतमा २५–२५ लाख इनाम राखिएका दुई नक्सवादी महिला कमाण्डरको हत्या

वि.सं.२०८० वैशाख ९ शनिवार

सो घटनाको जानकारी पाएलगत्तै बालाघाट प्रहरीका वरिष्ठ अधिकारी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका थिए । उनीहरु मध्य एकजना एरिया कमाण्डर तथा अर्का गार्ड रहिसकेका दुई ठूला महिला नक्सलवादी कमाण्डर रहेको खुलेको थियो । बालाघाट प्रहरीले यसको पुष्टि गर्दै दुबैको साथबाट हतियार, कारतूस र अन्य सामग्री बरामद भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार नक्सलवादी महिला कमाण्डरहरूसँग गढी थाना क्षेत्रमा प्रहरीसँग भिडन्त भएको थियो।
प्रहरी उपरीक्षक समीर सौरभका अनुसार शनिवार बिहान गढी थाना अन्तर्गत कडला जंगलमा हकफोर्स र नक्सलवादीबीच भिडन्त हुने क्रममा उनीहरु मारिएको हुन ।
मध्य प्रदेशको बालाघाट जिल्ला लामो समयदेखि नक्सलवादको समस्यासँग लडिरहेको छ । बालाघाट प्रहरीले गत वर्ष पनि ६ जना नक्सलवादीलाई मारेको थियो ।
प्रकाशित समय : ०५:२१ बजे