back

नेपालको राजनीतिमा विकृतिको भारीले जरो गाडेको छ –अध्यक्ष नेपाल

काठमाडौं, बैशाख ९ गते । नेपालको राजनीतिमा विकृतिको भारीले जरो गाडेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । आज काठमाडौंमा आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको उल्लेख गरेका छन् ।

नेपालले भने, ‘अहिले नेपालको राजनीतिमा वा कम्युनिष्ट आन्दोलनमा भन्ने हो भने एकभारी विकृतिहरु विद्यमान छन् । व्यक्तिवादको रोग लागेको छ । भ्रष्टीकरणको प्रवृत्ति व्याप्त रहेको छ । सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त छ ।’

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हाबी भएको बताएका छन् । सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त रहेको उनको भनाई छ । अध्यक्ष नेपालले अरुलाई मान, सम्मान, मर्यादा गर्ने नभइ सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको दाबी गरेका छन् ।


लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:४३

काठमाडौ, २५ जेष्ठ । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने...

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:३०

काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो...

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:२१

काठमाडौं, २५ जेठ । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका...

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:०९

काठमाडौ, २५ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:५७

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४६

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि...