back

बारा–२ उपनिर्वाचनः १५ प्रतिशत मतदान

काठमाडौं, बैशाख १० गते । बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र १० बजेसम्ममा करिब १५ प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिएका छन् ।

गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनीहरूलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बारा निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनाएका छन् ।

उनका अनुसार बारा २ मा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । बदनियतपूर्वक कसैले मतपेटिकालाई चलाउन, धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रजिअ सापकोटाले बताए ।

सो क्षेत्रमा ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ । ती मध्ये ६५ मतदानस्थल अतिसंवेदनशील, १७ समान्य रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

महागढी र पचरौता नगरपालिका, करैयामाइर्, सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिएका छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


नागरिकता विधेयक :  सर्वोच्चको मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश

नागरिकता विधेयक : सर्वोच्चको मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश

वि.सं.२०८० जेठ २७ शनिवार ०८:०६

काठमाडौं, २६ जेठ। सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको फाइल र...

४० दिन देखी अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला

४० दिन देखी अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला

वि.सं.२०८० जेठ २७ शनिवार ०७:५३

काठमाडौं, २७ जेठ । विमान दुर्घटनामा परेका बालबालिका ४० दिनपछि...

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

वि.सं.२०८० जेठ २७ शनिवार ०७:३२

काठमाडौं, २७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे...

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

वि.सं.२०८० जेठ २७ शनिवार ०७:१८

काठमाडौं, २७ जेठ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार...

पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

वि.सं.२०८० जेठ २७ शनिवार ०६:५५

काठमाडौं, २७ जेठ । आफ्नो पार्टीले २०८४ मा सबै खाले...

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

वि.सं.२०८० जेठ २७ शनिवार ०६:३८

काठमाडौं, २७ जेठ । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको...