आफ्नो पक्षमा सकारात्मक माहोल रहेको छ –जितनारायण श्रेष्ठ

वि.सं.२०८० वैशाख १० आइतवार

काठमाडौं, बैशाख १० गते । आफ्नो पक्षमा सकारात्मक माहोल रहेको चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बताएका छन् । मतदानस्थल पुग्दा आफ्नो पक्षमा उत्साहजनक स्थिति बनेको पाएको उनको भनाइ छ ।
आज पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले उपनिर्वाचनमा हाम्रै भाइ, हाम्रै छिमेकी, हाम्रै दाइ, हाम्रै छोराले चुनाव लड्या छ भन्ने ढंगबाट रेस्पोन्स पाउँदा उत्साहित भएको बताए । ‘मतदाताहरुको आँखामा आँखा जुधाएर हेर्दा पनि निर्वाचन जित्ने कुरामा विश्वस्त छु,’ श्रेष्ठले भने ।
नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् । श्रेष्ठले ११ मतदान स्थलमा पुगिसकेको र सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् ।
प्रकाशित समय : ०५:५४ बजे