उपनिर्वाचः चितवनको नवकिरण कमलकुसुम मतदान केन्द्र तनावग्रस्त

वि.सं.२०८० वैशाख १० आइतवार

काठमाडौं । उपनिर्वाचका लागि मतदान भइरहेको चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच विवाद हुँदा मतदान प्रभावित भएको छ ।
मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए । दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ । त्यसक्रममा एमालेका केही कार्यकर्ता पक्राउ समेत परेका छन् ।
प्रकाशित समय : ०६:२१ बजे