१२ बजेसम्म चितवन क्षेत्र नम्बर २ मा ३७ प्रतिशत मतदान

वि.सं.२०८० वैशाख १० आइतवार

काठमाडौं, बैशाख १० गते । चितवन क्षेत्र नम्बर २ मा शान्तिपूर्ण ढंगले भइरहेको उपनिर्वाचनमा मध्यान्ह १२ बजेसम्म ३७ प्रतिशत मतदान भएको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले १२ बजेसम्म ३७ प्रतिशत मतदान भएको जानकारी दिए ।
चितवन क्षेत्र नम्बर २ मा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रकाशित समय : ०६:५७ बजे