बारा–२ मा सर्वदलीय बैठक जारी, केही बेरमा मतगणना सुरु हुँदै

वि.सं.२०८० वैशाख ११ सोमवार

काठमाडौं, वैशाख ११ गते । बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ । हावाहुरीका कारण हिजो बैठक हुन सकेको थिएन ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिएलगत्तै मत गणना सुरु हुँनेछ । बारा–२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन् ।
प्रकाशित समय : ०३:४३ बजे