चितवन–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु

वि.सं.२०८० वैशाख ११ सोमवार

काठमाडौं, वैशाख ११ गते । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । बिहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको भए पनि एक घण्टा ढिला गरि सुरु भएको हो । सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिएका छन् ।
यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ । चिवतन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन् ।
प्रकाशित समय : ०३:५५ बजे