तनहुँ मतगणना अपडेटः स्वर्णिम वाग्लेको अग्रता कायमै

वि.सं.२०८० वैशाख ११ सोमवार

काठमाडौं, वैशाख ११ गते । उपनिर्वाचन अन्तर्गत तनहुँमा जारी मतगणनामा हालसम्म १६ हजार ३७२ मतगणना सकिएको छ। पछिल्लो मतपरिणाम अनुसार ११ वडाको मत गनिसक्दा रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्ले ९ हजार २०२ मतले अगाडि छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २१३ मतका साथ वाग्लेलाई पछ्याइरहेका छन् । वाग्ले र भट्टराईबीच ४९८९ मतान्तर रहेको छ ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले हालसम्म २ हजार ४३० मत ल्याएका छन् । उनी यसअघि मंसिर ४ को निर्वाचनमा काठमाडौँमा पराजित भएका थिए ।
प्रकाशित समय : ०४:११ बजे