लोकतन्त्र दिवसले तमाम जञ्जालबाट मुक्ति देओस्–सभापति लामिछाने

वि.सं.२०८० वैशाख ११ सोमवार

काठमाडौं, वैशाख ११ गते । अब देश युवाले हाँक्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले बताएका छन् । आज लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै सभापति लामिछानेले ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको टिप्पणी गरेका छन् ।
´सोच्छु ,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन?,´ लामिछानेको निष्कर्ष छ, ´अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं,त्यहीँ छौं।व्यवस्था त सुध्रियो,अवस्था सुध्रिएन।´
उनले अगाडी लेखेका छन्, लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट मुक्ति देओस्। यो देश अब युवाले हाँक्छन् ।´
प्रकाशित समय : ०६:४४ बजे