भूकम्पको ८ वर्ष पुरा , भोलिका लागि काठमाडौँ तयार पारौँ–बालेन शाह

वि.सं.२०८० वैशाख १२ मंगलवार

काठमाडौं, बैशाख १२ गते । ८ वर्ष अघिको भूकम्पलाई सम्झँदै दुर्घटनाहरू सोचेर बस्ने, तर्सने नभई सुध्रिने र तयारी गर्नुपर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् । आज सामाजिक सञ्जालमार्फत बालनेले मेयर शाहले फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषयमा हामीले तयारी नगरेका बताएका छन् ।
आज सामाजिक सञ्जालमार्फत बालने भनेका छन्, – ‘हाम्रो बिर्सने बानी छ । ८ वर्ष पुरानो महाभूकम्प हामीले बिर्सिसकेका छौँ ।’उनले अव्यवस्थित कुराहरू सकेसम्म व्यवस्थित गर्नु पर्ने, सार्वजनिक ठाउँहरू खुल्ला राख्नु पर्ने हो भन्दै भोलि हुनसक्ने भन्दै ‘अप्ठ्याराहरूमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् ।
आजैदेखि सावधान बनौँ’, भनेका छन् । साथै उनले ‘काठमाडौँ महानगरको नीति यति मात्रै हो । भोलिका लागि काठमाण्डौलाई तयार पारौँ । जे जुन कुराको लागि हो, त्यसलाई त्यसकै लागि उपयोग गरौँ । यसका लागि सबैको सहकार्य, समन्वयको आवश्यकता छ’, भनेका छन् ।
प्रकाशित समय : ०५:१५ बजे