माओवादीका पूर्वलडाकुलाई राहत रकम दिने निर्णय रोक्नुपर्छ –शेखर कोइराला

वि.सं.२०८० वैशाख १४ बिहीवार

काठमाडौं, १४ बैशाख । माओवादीका पूर्वलडाकुलाई राहत रकम दिने तयारीको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विरोध गरेका छन् ।
आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुँने बताएका छन् ।
नेता कोइरालाले विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसकेको र द्वन्द्वकालीन समस्या समाधान लम्बिएको उल्लेख गर्दै पूर्वलडाकुलाई राहत रकम दिने निर्णय रोक्नुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन ।’उनीहरुलाई पैसा होइन रोजगारी दिऊँ ।’
प्रकाशित समय : ०४:४९ बजे