back

एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको मोफसल टुर सुरु हुँदै

काठमाडौं, १४ वैशाख । चितवन, १४ वैशाख । एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको प्रचार प्रसारका लागि मोफसल टुर सुरु हुने भएको छ । गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरको दर्शन गर्दै टुर सुरु गर्न लागिएको छ ।

मोफसल टुर मार्फत चलचित्र क्षेत्रका विज्ञ, व्यवसायी, हल सञ्चालकहरुसँग अन्तरक्रिया, छलफल गरिने जनाइएको छ । चितवनको लक्की मिडिया हाउसले यही असारमा फिल्मी अवार्ड वितरण गर्न लागेको हो ।

लक्की मिडिया हाउसका महाप्रवन्धक हरि कार्की ‘लक्की’ ले फिल्मी अवार्ड कार्यक्रमलाई सफल पार्न देशव्यापी सुझावहरु संकलन गरिरहेको बताए । ‘मोफसल टुर सुझाव संकलन गर्ने टुर पनि हो,’ उनले भने, ‘चलचित्र क्षेत्रको सम्भावना, चुनौतीबारे पनि बहस चलाउने अभियान हो ।’

उनका अनुसार पहिलो चरणको मोफसल टुर मौलाकालिकादेखि बाग्लुङ कालिकासम्म पुग्नेछ । कुरिनटार, दमौली, बन्दीपुर, पोखरालगायतका क्षेत्रमा टुर हुनेछ ।

चितवनमा फिल्मी जमघट बढाउन टुरले सघाउने छ । ३० भन्दा बढी विधामा अवार्ड वितरण गर्ने तयारी छ । लक्की मिडिया हाउस चलचित्र क्षेत्र, कलाकारहरुलाई प्रोत्साहन गर्न, उत्साहित बनाउन निरन्तर सक्रिय छ ।


पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

वि.सं.२०८० जेठ २७ शनिवार ०६:५५

काठमाडौं, २७ जेठ । आफ्नो पार्टीले २०८४ मा सबै खाले...

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

वि.सं.२०८० जेठ २७ शनिवार ०६:३८

काठमाडौं, २७ जेठ । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको...

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

वि.सं.२०८० जेठ २७ शनिवार ०६:२३

काठमाडौं, २७ जेठ । कांग्रेस कमजोर नभएको नेपाली कांग्रेसका नेता...

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

वि.सं.२०८० जेठ २७ शनिवार ०५:४८

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले गत वैशाखसम्ममा शोधनान्तर...

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

वि.सं.२०८० जेठ २७ शनिवार ०५:३७

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी...

चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामाः नेपाल राष्ट्र बैंक

चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामाः नेपाल राष्ट्र बैंक

वि.सं.२०८० जेठ २७ शनिवार ०५:२१

काठमाडौं, २६ जेठ । चालु खाता ५४ अर्ब ६७ करोड...