back

‘हत्या आरोपित’ एमाले सांसद कोइरीको भएन बिदा स्वीकृत 

काठमाडौं, १६ बैशाख । हत्याका अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदा अस्वीकृत भएको छ। शुक्रबार साँझ बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमाले सांसद कोइरीको बिरामी बिदा प्रस्ताव अस्वीकृत गर्दै उनको बारेमा अर्को बैठकमा कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

‘माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानून बमोजिम हुने जानकारी गराउँदछु,’ सभामुख देबराज घिमिरेले भने ।

१० दिनसम्म नियमित रुपमा संसद बैठकमा नआएमा स्वतः पदमुक्त हुने भए पछि सांसद कोइरीले केही दिन आफू बिरामी भएका कारण उपस्थित हुन नसकेको भन्ने पत्र संसद सचिवालयमा पठाएका थिए। त्यहीअनुसार सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा उनीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए।

तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद रवि लामिछाने तथा सत्तारुढ दलका सांसदहरुले आपत्ति जनाउँदै उनलाई पक्राउ गर्न सभामुखमाथी दबाब बढाएका थिए । जसका कारण संसद बैठक केही समयका लागि अबरुद्धसमेत हुन पुगेको थियो ।

कोइरीका कारण सत्तारुढ र प्रतिपक्ष बिचमा संसद बैठकमा आरोप प्रत्यारोप भएपछि पुनः सहमतिका आधारमा उनलाई अर्को अधिवेसनमा भने कारबाही गर्न सभामुख घिमिरे मञ्जुर भएका थिए ।

मधेस आन्दोलनका क्रममा महोत्तरीमा असइ थमन बिकको हत्याको आरोपमा सांसद कोइरी माथी जेल सजाय सुनाईएको छ । सो जेल सजाय सुनाएका कोइरीलाई पक्राउ गर्न चौतर्फी दबाब बढेको हो । उता, मनोरमा शेरचन, बिनाकुमारी थनैत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा भने हिजोको बैठकले स्वीकृत गरेको छ ।


भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

वि.सं.२०८० जेठ १६ मंगलवार १०:२४

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा...

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

वि.सं.२०८० जेठ १६ मंगलवार १०:०८

काठमाडौं, १६ जेठ । क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरुले...

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:४९

काठमाडौं, १६ जेठ । बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा...

पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड हुँने

पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड हुँने

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:३९

काठमाडौं, १६ जेठ । पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक...

रेशमलाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

रेशमलाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:२६

काठमाडौं, १६ जेठ । रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा...

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:१६

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ...