back

तीन महिनाको उपचार पछि सांसद भण्डारी आज स्वदेश फर्कदै

काठमाडौं, १७ बैशाख । सांसद चन्द्रकान्त भण्डारी आज स्वदेश फर्कदैछन । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् ।

भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेका अनुसार आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत उनी स्वदेश फर्कन लागेका हुन । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरण गर्नेछन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्य भण्डारी झन्डै तीन महिना देखी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत रहेका थिए । उनका अनुसार भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जनाईएको छ । पछिल्लो समयमा उनी बोल्ने र हिँड्न सक्ने भएका छन् ।

सो आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो। उनलाई भने थप उपचारका लागि भारत लगिएको थियो । अब नेपालमा नै उनको बाँकी उपचार हुनेछ ।


लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:४३

काठमाडौ, २५ जेष्ठ । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने...

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:३०

काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो...

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:२१

काठमाडौं, २५ जेठ । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका...

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:०९

काठमाडौ, २५ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:५७

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४६

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि...