back

महावीर पुन दोस्रो रात पनि माइतीघर मण्डलाको सडकमा बास

काठमाडौं, १७ बैशाख । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन दोस्रो रातमा पनि माइतिघर मण्डला सुतेका छन् । शुक्रबार देखी ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामवाट आन्दोलनमा उत्रेका पुनले आइतरबार रातभर माइतीघर मण्डलामा सुतेर प्रदर्शन गरेका हुन् ।

शनिबार दिउसो देखी नै मुसलधारे पानी परे पनि पुनको टोली भने कठयाङिद्रो चिसोमा त्रिपालमुनी बसेको थियो । उनले त्यसको भिडियो पनि सार्बजनिक गरेका छन् । ‘धर्ना जारी छ र हुनेछ, आज राती पनि यतै सुत्ने हो’ शनिवार साँझ नै उनले जानकारी दिदै भनेका थिए ।

शनिबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवि मिश्रलगायत उनको आन्दोलनमा ऐक्यबद्ता जनाउन माइतीघर मण्डलामा पुगेका थिए ।

शुक्रबारको रात पनि माइतीघर मण्डलाको सडकमा नै सुतेर कटाए थिए । लु, हामी चाहीँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ, जनताहरु सुति रहनुहोस र नेपाल सरकारलाइ मज्जाले सुत्न दिइरहनु होस्,’ पुनले शनिबार बिहान जानकारी दिदैँ भनेका थिए, ‘के त होला र ? केही चिन्ता छैन, हद्दै भए यहि नेपाल ता जाला, पृथ्वी ता रहि रहन्छ नि ।’

आविश्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा होम्मिएका हुन ।

‘अनुसन्धान, नबप्रबर्तन र आविष्कारसँग तपाईको सन्तानको, तपाईको भाबी सन्ततिको र मातृभूमीको भविष्य जोडिएको छ,’ आन्दोलनमा जानु अघि उनले भनेका थिए, ‘बैशाख १५ गते शुक्रबार देखि माग पुरा नहुँदा सम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरि आन्दोलन गर्न सम्पूर्ण नेपालीहरुलाई आह्वान गर्दछु ।’


भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

वि.सं.२०८० जेठ १६ मंगलवार १०:२४

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा...

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

वि.सं.२०८० जेठ १६ मंगलवार १०:०८

काठमाडौं, १६ जेठ । क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरुले...

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:४९

काठमाडौं, १६ जेठ । बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा...

पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड हुँने

पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड हुँने

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:३९

काठमाडौं, १६ जेठ । पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक...

रेशमलाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

रेशमलाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:२६

काठमाडौं, १६ जेठ । रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा...

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:१६

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ...