निरा पाण्डे हत्या प्रकरणः पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याइँदै

वि.सं.२०८० वैशाख १७ आइतवार

काठमाडौ, १७ वैशाख । काठमाडौं कपनकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापा धुलाबारीका विनोद विकलाई प्रहरीले आज काठमाडौं ल्याउँदै छ ।कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको यही वैशाख ७ गते पसलमै हत्या भएको थियो ।
काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएर समेत काम गरेका उनलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको थियो । बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानबिन समितिका दुई जना डिएसपीसहितको टोली झापा पुगेको थियो । हत्या अनुसन्धान गर्न एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको थियो । काठमाडौं ल्याइसकेपछि घटनाबारे विस्तृतमा जानकारी दिने प्रहरी स्रोतले बताएको छ ।
प्रकाशित समय : ०४:१९ बजे