प्रधानमन्त्री दाहाल र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

वि.सं.२०८० वैशाख १७ आइतवार

काठमाडौ, १७ वैशाख । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
उक्त भेटमा उपनिर्वाचनबाट पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद लामिछानेले सरकारलाई दिएको समर्थन र अबको पार्टीको निर्णयका बारेमा छलफल भएको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई बधाई दिएका थिए ।
रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेको बेला बस्न लागेको रास्वपाको केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।
प्रकाशित समय : ०४:४९ बजे