लोकतन्त्रको रक्षा गर्नु माओवादी केन्द्रको मुख्य कार्यभार हो–नारायणकाजी श्रेष्ठ

वि.सं.२०८० वैशाख १७ आइतवार

काठमाडौं, १७ वैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा गर्नु माओवादी केन्द्रको मुख्य कार्यभार रहेको बताएका छन् । होत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रलाई असफल बनाउन खोज्ने प्रतिगमनकारीहरु प्रयासलाई असफल बनाउनुपर्ने चुनौती रहेको बताएका हुन ।
शान्तिप्रक्रियाको महत्त्वपूर्ण कार्यभार राजनैतिक परिवर्तन नै गरिसकेका छौँ र बाँकी संक्रमणकालिन न्यायका विषयहरु बाँकी छन, उनले भने । माओवादीले सामाजिक, आर्थिक कार्यभारलाई उचाइमा पुर्याउनुपर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।
राजनैतिक परिवर्तनलाई रक्षा गर्दै सामाजिक, आर्थिक र समाजवादको यात्रामा जान सकिएन भने राजनैतिक परिवर्तनको कुनै औचित्य रहन नसक्ने उनले बताएका छन् । उनका अनुसार अहिलेको गठबन्धन कार्यगत एकता मात्र हो । सामाजिक, आर्थिक रुपान्तरणको लागि वाम मोर्चाको जरुरी भएको उनको भनाइ छ ।
प्रकाशित समय : ०४:५९ बजे