back

रविका चालक थापाको अन्तेष्टी आज, मेडिसीटीले भन्यो– दिमागको रगत देखियो

काठमाडौं, २० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिदैछ ।लामिछानेका प्रमृुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो । चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।

सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसे पछि हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो । चालक थापाको झन्डै डेढ महिना देखी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यसो भन्छ–मेडिसिटी अस्पताल
ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा आज मिति २०८० साल वैशाख १९ गते मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष श्री रवि लामीछानेका चालक बताइएका वर्ष ३९का श्री दिल बहादुर थापाको दिउँसो १ बजेर ३५ मिनेटमा निधन भएको छ । गम्भीर चोट पछि चितवनमा केहि दिन उपचार गरी थापालाई गत वैशाख ५ गते हेलिकोप्टरबाट उद्धार गरी नेपाल मेडिसिटीमा थप उपचारका लागि ल्याइएको थियो ।

नेपाल मेडिसिटी अस्पतालको स्नायु तथा नसाशल्यचिकित्सा विभागका प्रमुख प्रा‍.डा. गोपालरमण शर्माका अनुसार थापालाई अस्पताल ल्याउँदा Traumatic Brain Injury with Diffuse Subarachnoid Hemorrhage with Intraventricular Extension अर्थात् अतिनै जटिल किसिमको चोट दिमागमा लागी रगत जताततै छरिएको अवस्था रहेको थियो ।

थप जाँचका क्रममा उनको मृगौला, मुटु तथा शरिरका अन्य भागमा समेत असर परिसकेको जानकारी प्राप्त भएको थियो । रक्तचापलाई सन्तुलनमा ल्याउदै उनको भेन्टिलेटरमा राखी मल्टि डिस्सीप्लीनरी टिमबाट उपचार भइरहेको थियो । चिकित्सकको अथक प्रयास र विभिन्न उपचारका बावजुत पनि थापाको स्वास्थ्यमा सुधार नदेखिएको अवस्थाका बिच उनको मंगलबार मृत्यु भएको जानकारी अस्पताले गराउन चाहन्छ ।


नेपालले नेदरल्यान्ड्सविरुद्धको अभ्यास खेलमा टस हार्यो

नेपालले नेदरल्यान्ड्सविरुद्धको अभ्यास खेलमा टस हार्यो

वि.सं.२०८० जेठ २७ शनिवार ०८:२१

काठमाडौं, २७ जेठ । नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध...

नागरिकता विधेयक :  सर्वोच्चको मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश

नागरिकता विधेयक : सर्वोच्चको मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश

वि.सं.२०८० जेठ २७ शनिवार ०८:०६

काठमाडौं, २६ जेठ। सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको फाइल र...

४० दिन देखी अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला

४० दिन देखी अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला

वि.सं.२०८० जेठ २७ शनिवार ०७:५३

काठमाडौं, २७ जेठ । विमान दुर्घटनामा परेका बालबालिका ४० दिनपछि...

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

वि.सं.२०८० जेठ २७ शनिवार ०७:३२

काठमाडौं, २७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे...

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

वि.सं.२०८० जेठ २७ शनिवार ०७:१८

काठमाडौं, २७ जेठ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार...

पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

वि.सं.२०८० जेठ २७ शनिवार ०६:५५

काठमाडौं, २७ जेठ । आफ्नो पार्टीले २०८४ मा सबै खाले...