नेपाल बार एशोसिएशनको आन्दोलन पाँचौ दिन पनि जारी

वि.सं.२०८० वैशाख २१ बिहीवार

काठमाडौं, २१ बैशाख । नेपाल बार एशोसिएशनको आन्दोलन आज पाँचौ दिन पनि जारी रहने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति लगायतको माग गर्दै गत आइतबारदेखि न्दोलनमा उत्रिएको बारको आन्दोलन पाँचौ दिनमा पनि जारी रहने भएको हो ।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार नेपाल बारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरिररहेका छन् । उनका अनुसार जबसम्म प्रधानन्यायाधीश लगायत नियुक्ति प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी नै रहने छ ।
‘बारले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयसहितलाई लिएर अहिले आन्दोलन गरिरहेको हो, संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति गर्न सकिरहेको छैन वा गर्न नचाहेको हो, त्यो अझै बुझन सकिएको छैन । त्यसमा राजनीतिक खिचातानी भएको छ ।
तर अब बिलम्ब नगरी प्रधानन्यायाधीश नियुक्ति गरेर न्यायलयलाई नेतृत्व दिनुपर्छ,’ उनले भने, ‘यदी कार्यपालिकाले न्यायलयलाई नेतत्व दिन सकेन भने एक हप्ताका लागि घोषणा गरिएको कार्यक्रम अर्को चरणमा जानेछ । ’ उनका अनुसार आगामी शुक्रबारसम्म माग पुरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुनेछ ।
तत्कालिन प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहिन हुँदै आएको छ । कायममुकायमबाट चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायाधीश हुँदा कामसमेत प्रभावित भएका छन भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन ।
प्रकाशित समय : ०३:२९ बजे