back

मुगु हिमपहिरोबाट १ जनाको मृत्यु, २ जना अझै बेपत्ता 

मुगु २४ वैशाख । मुगु हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको र अझै दुईजना नभेटिएको पुष्टि भएको छ । यसअघि तीनजनाको मृत्यु भएको भनिएको सूचना गलत रहेको पुष्टि गर्दै आइतबार बिहान बसेको जिल्ला सुरक्षा समिति बैठकमा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये एकजनाको मृत्यु भएको र दुईजना अझै फेला नपरेको जानकारी गराएका निमित्त प्रहरी नायव उपरिक्षक सुदर्शन पन्थीले जानकारी गराए ।

सम्पर्कविहीन भएकाहरुको खोजीकार्य भइरहेको उनले जानकारी दिए । गत शुक्रबार हिमपहिरोमा परेर तीनजना बेपत्ता भएका थिए । यार्सागुम्वा टिप्न जुम्लाको पातारासि गाउँपालिका–२ तल्फी गाउँका १५ स्थानीयहरु ११ वैशाखबाट मुगुको पाटनका लागि हिँडेका थिए ।

जुम्लाबाट मुगु हुँदै यार्सा पाटन पुग्न लाग्दा २२ वैशाखको दिउँसो १ बजे च्र्यागो लेखको बाटोमा हिँड्दै गर्दा माथिबाट हिमपहिरो खस्दा तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्ता भएका थिए । पुन्न सार्कीको शव भेटिए बाँकी दुईजनालाई भेट्याउन नसकेको सँगै यार्सा टिप्न हिँडेका कन्न सार्कीले फोन मार्फत जानकारी दिए ।

बेपत्ता भएका दुईजना मध्येका तारासिंगका छोरा रमेश सार्की र भाइहरू हर्क सार्की, प्रकाश सार्कीसहित १२ जना हिमपहिरो आएपछि ज्यान जोगाएर रातारात हिँडेर मुगु सदरमुकाम गमगढी आइपुगेको उनले बताए ।

घटना स्थल रहेको मुगुको मुगूम कार्मारोङ्ग गाउँपालिका–२ च्यार्गो लेख पुग्न जिल्ला सदरमुकाम गमगढीबाट चार दिन र मुगु गाउँबाट दुई दिन पैदल यात्रा लाग्ने माग्री गाउँका स्थानीय छेवाङ्ग तोर्चे लामाले जानकारी दिए ।


कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन सभापति देउवाको निर्देशन

कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन सभापति देउवाको निर्देशन

वि.सं.२०८० जेठ २७ शनिवार ०८:३९

काठमाडौं, २७ जेठ । पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि...

नेपालले नेदरल्यान्ड्सविरुद्धको अभ्यास खेलमा टस हार्यो

नेपालले नेदरल्यान्ड्सविरुद्धको अभ्यास खेलमा टस हार्यो

वि.सं.२०८० जेठ २७ शनिवार ०८:२१

काठमाडौं, २७ जेठ । नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध...

नागरिकता विधेयक :  सर्वोच्चको मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश

नागरिकता विधेयक : सर्वोच्चको मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश

वि.सं.२०८० जेठ २७ शनिवार ०८:०६

काठमाडौं, २६ जेठ। सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको फाइल र...

४० दिन देखी अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला

४० दिन देखी अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला

वि.सं.२०८० जेठ २७ शनिवार ०७:५३

काठमाडौं, २७ जेठ । विमान दुर्घटनामा परेका बालबालिका ४० दिनपछि...

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

वि.सं.२०८० जेठ २७ शनिवार ०७:३२

काठमाडौं, २७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे...

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

वि.सं.२०८० जेठ २७ शनिवार ०७:१८

काठमाडौं, २७ जेठ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार...