सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित

वि.सं.२०८० वैशाख २४ आइतवार

काठमाडौं, २४ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ । जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आज का लागि तोकिएको पेसी स्थगित भएको छ ।
आज सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो। तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ ।
प्रकाशित समय : ०६:३८ बजे