back

मोबाइल वालेट कम्पनी डीजी पे प्रा.लि र बिनव क्रीएसन् बीच सम्झौता

काठमाडौं । मोबाइल वालेट कम्पनी डीजी पे प्रा.लि र बिनव क्रीएसन् बीच सहकार्यको लागि सम्झौता भएको छ । सम्झौता अनुसार डीजी पेको व्यवसायीक आवद्ध योजना अनुरुप डीजी पेसँग आवद्ध हुने व्यवसायीले टिक टक, फेसबुक, इन्स्टाग्राम, युट्युब जस्ता सामाजिक संजालका लागी सुपथ मूल्यमा भीडियो बनाउन पाउने भएका छन् । साथै अन्य ब्यापारिक विज्ञापन बनाउदा पनि विशेष छुटको व्यवस्था गरिएको छ ।

नेपालको एक राम्रो अडियो भिडिओ प्रोडकसन् कम्पनीसँग सहकार्य गरि फरक खालको सम्झौतागर्न पाउँदा निकै खुशी लागेको डिजी पेका अध्यक्ष पाण्डेले बताए । “डिजी पेमा आवद्ध हुँदा पाउने प्याकेज सुविधाका साथै अन्य सेवाहरुमा पनि विशेष छुट तथा डिजी पेको लोयल्टी पोइन्ट गोल्ड तथा सिल्वर क्यासमा खरिद गर्न पाउने व्यवस्था गरेका छौं,” पाण्डेले भने ।

बिनव क्रीएसनका महा प्रबन्धक समीर जोशीले डीजी पेसँग नौलोसहकार्य गर्न पाउँदा खुशी लागेको बताए । सामाजिक संजालमा विज्ञापन सस्तो हुने भएकाले साना व्यवसायीले अरु विज्ञापनको तुलनामा सहजै गर्न सक्नेछन । यस योजना अन्तर्गत डिजी पेसँग आवद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचार प्रसार, बजार बिस्तार र सेवाहरुको जानकारी अब उत्कृस्ट भिडिओबिज्ञापन मार्फत जनमानसमा पुराएर लाभ लिन सक्ने उनले बताए ।

सम्झौतापत्रमा बिनव क्रीएसनका महा प्रबन्धक समीर जोशी र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।
डीजी पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी हो । यसले अनलाइन र अफलाइन दुबै माध्यमबाट रकमको डिजिटलाइजेनका लागि कार्य गरिरहेको छ ।


प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत

प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत

वि.सं.२०८० जेठ १७ बुधवार १०:४८

काठमाडौं, १७ जेठ । भारतको चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री...

नागरिकता विधेयक प्रमाणीकरण हुँनु स्वागतयोग्य, तर प्रक्रिया मिलेनः मनिष झा

नागरिकता विधेयक प्रमाणीकरण हुँनु स्वागतयोग्य, तर प्रक्रिया मिलेनः मनिष झा

वि.सं.२०८० जेठ १७ बुधवार १०:२७

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता (पहिलो...

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

वि.सं.२०८० जेठ १७ बुधवार १०:१४

काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले...

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

वि.सं.२०८० जेठ १७ बुधवार १०:००

विराटनगर, १७ जेठ । कोशी प्रदेश नामांकनको विरोधमा आन्दोलन चर्किरहेका...

२८ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा

२८ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा

वि.सं.२०८० जेठ १७ बुधवार ०९:१२

काठमाडौं, १७ जेठ । २८ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई सार्वजनिक...

आयोजनाको मर्मतपछि मेलम्चीको पानी काठमाडौँ पठाइयो

आयोजनाको मर्मतपछि मेलम्चीको पानी काठमाडौँ पठाइयो

वि.सं.२०८० जेठ १७ बुधवार ०९:०२

काठमाडौं, १७ जेठ । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ...