संसद बैठकमै अमरेशकुमार सिंहले लुगा फुकाले

वि.सं.२०८० वैशाख २५ सोमवार

काठमाडौं, २५ वैशाख । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद बैठकमा लुगा फुकालेका छन् । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले बोल्न समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले बोल्न समय दिएनन् ।
यसपछि आफूले लगाएको लुगा फुकालेर विरोध जनाए । यसपछि सभामुख घिमिरेले बारम्बार उनलाई चेतावनी दिँदै सभ्य बन्न आग्रह गरे । सभामुख घिमिरेले असभ्य बोल्न र अशिष्ट व्यवहार नदेखाउन चेतावनी दिए । सभामुख घिमिरेको बारम्बारको चेतावनीपछि उनले लुगा लगाए । सांसद सिंहले लुगा फुकालेपछि एमालेका सांसदहरुले विरोध जनाए ।
प्रकाशित समय : ०६:२० बजे