back

शरणार्थी प्रकरणः दोषीलाई कानुनको कठघरामा उभ्याउन ढिलो गर्नु हुँदैन–नेता महर

काठमाडौं, २५ वैशाख । आर्थिक समृद्धिको मुख्य बाधक र सामाजिक कलंका रूपमा रहेको भ्रष्टाचार उन्मुलनका लागि संसद‍्ले साझा संकल्प पास गरेर यसै चालु अधिवेशनबाट आवश्यक ठोस कानुन निर्माण गर्नुपर्ने नेपाली कांग्रेसका नेता नैनसिंह महरले बताएका छन्।

सुशासनका लागि सामाजिक अभियानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेकाहरूमाथि गहन अनुसन्धान गरी दोषी प्रमाणित भएका ठूला–साना सबैलाई कडा कारबाही हुनुपर्ने बताए।

अक्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसमेत बेलाबेलामा भ्रष्टाचारमा मुछिएको बताउँदै महरले अहले पनि अक्तियारको खुट्टा धर्मराएको हो कि भन्दै प्रश्न गरे ?

काण्डै–काण्ड र महाकाण्ड जस्ता पुस्तकमा नेपालको भ्रष्टाचारका काण्डहरू पर्दाफास गरिसकेका उनले भ्रष्टाचारीका कारण नेपाली समाजमा इमानदार मानिस निरीह बन्नुपर्ने अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गरे। ुभ्रष्टाचारका कारण देशको सुशासनको अवस्था कमजोर मात्रै होइन, अन्तर्राष्ट्रिय जगतमा देशको निर्लज्ज हुनुपर्ने अवस्था सिर्जना भएको छ। चालु संसदमा सांसदहरूले भत्तामात्रै पकाउनु भन्दा भ्रष्टाचार नियन्त्रण सम्बन्धी आवश्यक कानुन निर्माण गर्नुपर्छ। सम्बन्धित निकायले दोषीलाई कानुनको कठघरामा उभ्याउन ढिलो गर्नु हुँदैन, महरले भने।

उनले मुलुक विकास हुन नसक्नुको प्रमुख कारण नै भ्रष्टाचार र अनियमितता भएको बताए। नेताहरू सच्चिँदै भ्रष्ट कर्मचारीहरूलाई कडाभन्दा कडा कारबाही गरिनु पर्ने उनको भनाइ छ।


लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:४३

काठमाडौ, २५ जेष्ठ । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने...

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:३०

काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो...

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:२१

काठमाडौं, २५ जेठ । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका...

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:०९

काठमाडौ, २५ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:५७

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४६

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि...