back

२०२३ का लागि घुम्नै पर्ने विश्वका उत्कृष्ट स्थानमा ‘मुस्ताङ’

काठमाडौं, ३१ बैशाख । सन २०२३ का लागि घुम्नै पर्ने उत्कृष्ट स्थानमा नेपालको मुस्ताङ पनि परेको छ । अमेरिक समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार सन २०२३ मा घुम्नै पर्ने स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यका पनि परेको हो । मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँ मध्ये एक मात्र ठाउँको रुपमा उल्लेख गरिएको छ।

नेपालको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ। हिमालय र भारत बीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरू मध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्धस्थानको रुपमा उल्लेख गरेको छ ।

 तल्लो मुस्ताङको जोमसोमको सानो सहरको माथि रहेको छ , यहाँ सबैखाले उपलब्ध रिसोर्टहरु रहेका छन । लक्जरी खोज्नेहरू देखी परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरु रहेका छन् ।

पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन्। साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ ।

 मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो। यात्रुहरूले राजधानी काठमाडौंबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ। काठमाडौंबाट १२ घन्टाको ड्राइभ गरेर पुग्न सकिन्छ । हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ।सिएनएनले मुस्ताङबाहेक पोल्याण्ड, कायरो, लाओसलगायतका सहरहरुलाई उल्लेख गरेको छ ।


रेशमको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनुवाइ हुँदै

रेशमको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनुवाइ हुँदै

वि.सं.२०८० जेठ १७ बुधवार ०४:०६

काठमाडौं, १७ जेठ । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम...

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

वि.सं.२०८० जेठ १६ मंगलवार १०:२४

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा...

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

वि.सं.२०८० जेठ १६ मंगलवार १०:०८

काठमाडौं, १६ जेठ । क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरुले...

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:४९

काठमाडौं, १६ जेठ । बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा...

पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड हुँने

पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड हुँने

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:३९

काठमाडौं, १६ जेठ । पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक...

रेशमलाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

रेशमलाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:२६

काठमाडौं, १६ जेठ । रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा...