बोनस सेयर वितरण गर्ने नागरिक लगानी कोषको घोषणा

वि.सं.२०८० वैशाख ३१ आइतवार

काठमाडौं, ३१ वैशाख । नागरिक लगानी कोषले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। कोषले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बोनस वितरण गर्ने भएको छ । कोषको सञ्चालक समिति बैंकले कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरुलाई वितरण हुने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : ०५:५३ बजे