शरणार्थी प्रकरणः पूर्व सभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० वैशाख ३१ आइतवार

काठमाडौं, ३१ वैशाख । पूर्व सभासद् आङटावा शेर्पाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ ।रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले जनाएको छ ।
शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।
प्रकाशित समय : ०६:२३ बजे