back

प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटवार्ता,  यि विषयमा भयो छलफल

काठमाडौं, ३१ वैशाख । आज प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको आव्हानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।

बैठकमा सत्य निरूपण तथा मेलमिलाप सम्बन्धि विधेयकलाई छिटो टुंगोमा पु¥याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो।

‘निकै सकारात्मक छलफल भएको छ। संसदको बजेट अधिवेशन जारी छ, संसदलाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो,’ माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेले भने, ‘संसदका विषयगत समितिहरू गठन गर्न बाँकी छ, सत्य निरूपण सम्बन्धि विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ, संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन। यिनै विषयमा छलफल भयो। संसद सहमतिका साथ अगाडि बढाउनेमा हामी एकमत छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ।’

 उक्त बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता सुवास नेम्वाङ सहभागी थिए ।


पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

वि.सं.२०८० जेठ २७ शनिवार ०७:१८

काठमाडौं, २७ जेठ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार...

पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

वि.सं.२०८० जेठ २७ शनिवार ०६:५५

काठमाडौं, २७ जेठ । आफ्नो पार्टीले २०८४ मा सबै खाले...

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

वि.सं.२०८० जेठ २७ शनिवार ०६:३८

काठमाडौं, २७ जेठ । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको...

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

वि.सं.२०८० जेठ २७ शनिवार ०६:२३

काठमाडौं, २७ जेठ । कांग्रेस कमजोर नभएको नेपाली कांग्रेसका नेता...

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

वि.सं.२०८० जेठ २७ शनिवार ०५:४८

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले गत वैशाखसम्ममा शोधनान्तर...

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

वि.सं.२०८० जेठ २७ शनिवार ०५:३७

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी...