भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै एमाले निकट विद्यार्थी युवा संगठन

वि.सं.२०८० जेठ १ सोमवार

काठमाडौ, १ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवा–विद्यार्थी संगठनले आज भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन गर्ने भएका छन्। अनेरास्ववियू तथा युवा संघ स्थापना दिवसको अवसर पारेर एमाले निकट विद्यार्थी र युवा संगठनले आज प्रदर्शन गर्न लागेका हुन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा भिआईपीहरुलाई प्रहरीले समातिरहेको बेला एमाले निकट युवा र विद्यार्थी संगठनहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसून्’ भन्ने नाराका साथ आज बिहान ११ बजे प्रदर्शन गर्न लागेका हुन्। सो प्रदर्शनी रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गबाट सुरु हुने आयोजकले जनाएको छ ।
प्रकाशित समय : ०५:०३ बजे