back

नौं दिनदेखि बिनु यादव माइतीघर मण्डलामा अनसनरत, माग सम्बोधन नभएसम्म बसिरहने अडान

काठमाडौं, ४ बैशाख । माइतीघर मण्डलामा अनसन बसेको नौ दिन बितिसक्दा पनि बिनु यादवको मागका बारेमा सरकारले अझै कुनै सम्वोधन गरेको छैन् । प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकासमा ९ दिन देखी न्यायको माग गर्दै अनसनरत यादवको मागका बारेमा सरकारले कुनै सम्वोधन नगरेको हो । ‘आज सत्याग्रहको नवौ दिन न्याय नलिई यहाँबाट नउठ्ने निर्णय गरे’ उनले भनेकी छिन् ।

‘माइतीघर मण्डलामा ९ दिन देखी न्यायका लागि अनसनरत छु तर पाल पनि प्रहरीले टाँग्न नदिए पछि खुल्ला आकासमा रात कटाउँदै आएको छु,’ कठायतले भन्दै आएएकी छिन, ‘तर, सरकारले मेरा मागका बारेमा अझै पनि कुनै सम्वोधन गरेको छैन् ।’ हावाहुरीसँगै भिषण बर्षा भएपछि नजिकैको रेष्टुरेन्टमा ओत लागेर रात कटाउनु परेको परेको पीडा उनले सुनाएकी छिन् ।

गत २७ बैशाख देखी अनसनरत कठायतको मागका बारेमा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत र काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख श्याम उपाध्यायले भेटघाट गरेर गए पनि माग सम्वोधनका बारेमा कुनै खबर नगरेको उनको भनाइ छ । ‘गृह मन्त्रालयका प्रवक्ता र काठमाडौंका सिडियो साहेब आएर भेटघाट गरेर जानकारी लिनु भयो, तपाईको माग सम्वोधन गर्छु भनेर जानु भएको थियो तर अहिलेसम्म कुनै पनि माग सम्बोधन गर्नुभएको छैन ।’ आफनो माग सम्वोधन नभएसम्म अनसन जारी राख्ने उनले जानकारी दिइन् ।

गत २०७५ सालमा आफु माथी जर्बजस्ती करणी भएको र सो उजुरी फिर्ता गर्न लगाउने डिएसपी सुरज कार्की मार्थी कारबाही गर्नुपर्ने, आफनो इच्छा बिपरित सबन्धबिच्छेद गराउने न्यायधिस बद्रीप्रसाद ओली माथी कारबाही गर्नुपर्ने, आफु माथी पटक पटक बलात्कारको प्रयास गर्ने काका ससुरा पवन कठायतलाई पक्राउ गर्नुपर्ने, पहिला बलात्कार अनि विवाह गरेर सबन्ध बिच्छेद गराउन बाध्य बनाउने प्रदिप कठायतलाई कारबाही गर्नुपर्नेसहित ५ बुँदे माग राखेर उनी माइतीघर मण्डलामा सात दिन देखी अनसनरत छिन् ।


भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

वि.सं.२०८० जेठ १६ मंगलवार १०:२४

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा...

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

वि.सं.२०८० जेठ १६ मंगलवार १०:०८

काठमाडौं, १६ जेठ । क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरुले...

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:४९

काठमाडौं, १६ जेठ । बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा...

पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड हुँने

पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड हुँने

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:३९

काठमाडौं, १६ जेठ । पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक...

रेशमलाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

रेशमलाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:२६

काठमाडौं, १६ जेठ । रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा...

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:१६

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ...