रेशम चौधरीलाई जेलबाट रिहा गर्नका लागि पहलकदमी भईरहेको छः माधव नेपाल

वि.सं.२०८० जेठ ६ शनिवार

काठमाडौं, ६ बैशाख । सरकारको नीति तथा कार्यक्रम जनताको समस्या समाधान गर्ने गरी आएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
आज जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रशंशा गर्न लायक भएको बताएका छन् । ‘सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ’ नेपालले भने ।
अध्यक्ष नेपालले मधेस सरकारको नेतृत्व तत्काल परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्न नरहेको जनाएका छन् । ‘मधेस सरकारको अहिले नेतृत्व परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्न छैन, यही सरकारमा अन्य दललाई पनि समावेश गर्ने गरी अघि बढछौं’ उनले भने ।
उनले रेशम चौधरीलाई जेलबाट रिहा गर्नका लागि पहलकदमी भईरहेको पनि जनाएका छन् । ‘सर्वोच्च अदालतको फैसालाले रेशम चौधरीको रिहाईका लागि केही अबरोध गरेको छ तर अर्को बिकल्प खोजी गरी रिहा गर्ने कोशिशमा हामी रहेका छौ ।’
प्रकाशित समय : ०७:३० बजे