back

लेक चड्न थाले भेडी गोठ, अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला

काठमाडौ, ८ जेष्ठ । पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालेका हुन् । छ महिना बेसी बस्ता भेडाबाख्राको घाँस र दाना सकिने हुँदा हरेक वर्ष गोठाला लेक–बेसी गरी राख्छन् ।

बागलुङ निसीखोला, ढोरपाटन, तमानखोला, ताराखोला र गलकोटको माथिल्लो क्षेत्रमा बढी भेडाबाख्रा पालन हुने हुँदा गोठाला हप्तौँको यात्रा गरेर बुकी पुग्ने गर्छन् । बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखिनै लेक चढ्न थाल्छन् । असारको दोस्रो सातासम्म तमानखोलाको सोलेडाँडा, बागलुङ, पूर्वी रुकुम र रोल्पाका सिमाना पातीहाल्ने क्षेत्रमा बिताउने र त्यसपछि बुकी चढ्ने गर्छ । मध्य असारसम्म बुकीमा प्रसस्तघाँस नपलाउने हुँदा त्यस बेलासम्म बस्तीभन्दा माथिल्लो जङ्गलमा डेढ महिना भेडाबाख्रा चराउने गरिन्छ ।

अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैँ बेला मात्रै बेसी झर्ने गर्छन् । बेला–बेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउने गर्छन् । यति बेला उनीहरुले करिब एक महिनालाई पुग्ने आटो, पिठो र नुन बोकेर जाने गर्छन् । बर्खामा लेक र हिउँदमा बेसी गर्ने भेडागोठाले कात्तिक लागेपछि भेडा बेच्न बजारसम्म पुग्ने गर्छन् । अहिले सडकको पहुँचले गर्दा व्यापारी गोठमै पनि भेडा खरिद गर्न पुग्छन् । पहिले दुई साता हिँडेर भेडा बेच्न बजार झर्ने गरेको भेडापालक कृष्णबहादुर घर्तीमगरले बताए । लेकमा घाँस पलाएर भेडाबाख्राले खाने हुन थालेपछि लेक लैजान थालेको उनको भनाइ छ ।

तमानखोला गाउँपालिका–५ का भेडापालक देवबहादुर विकले अहिले आफूहरु तीन हजार दुईको उचाइमा रहेको जनाउँदै अब केही दिनमै चार हजार दुई सय मिटरको उचाइसम्म भेडा लिएर जाने बताए । गर्मी मौसममा भेडा औलमा बस्दा बिरामी पर्ने भएकाले गोठ माथिल्लो क्षेत्रतिर सार्न थालिएको उनको भनाइ छ । हिउँदमा माथिल्लो क्षेत्रमा अत्यधिक चिसो हुने र भेडाले चिसो सहन नसक्ने हुँद बेँसी झार्ने गरेको बताए ।

भेडीगोठ यतिबेला तिलाचन, पाती हाल्ने शैलुङ, तल्लो फागुनेतिर लैजान सुरु भएको छ । पश्चिम बागलुङका ग्रामीण क्षेत्रमा अहिले पनि भेडापालनमा स्थानीयको चासो उत्तिकै देखिन्छ । भेडापालक कृषकले रहेक वर्ष चार लाखदेखि १२ लाखसम्म आम्दानी गर्ने गरेको पाइन्छ ।
–––


भारतको राजधानी नयाँ दिल्लीमा आज आँधीसहितको वर्षा हुने, ‘एलाे अलर्ट’ जारी

भारतको राजधानी नयाँ दिल्लीमा आज आँधीसहितको वर्षा हुने, ‘एलाे अलर्ट’ जारी

वि.सं.२०८० जेठ १७ बुधवार ०४:३४

काठमाडौं, १७ जेठ । भारतको राजधानी नयाँ दिल्लीमा मंगलवार साँझ...

भारत भ्रमण निस्कनु अघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्रीको भेटवार्ता

भारत भ्रमण निस्कनु अघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्रीको भेटवार्ता

वि.सं.२०८० जेठ १७ बुधवार ०४:२६

काठमाडौं, १७ जेठ । भारत भ्रमणमा निस्कनु केही घन्टा अघि...

बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल गर्ने

बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल गर्ने

वि.सं.२०८० जेठ १७ बुधवार ०४:१३

  हेटौंडा, १७ जेठ । आज बागमती प्रदेशसभा बैठक बस्दैछ...

रेशमको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनुवाइ हुँदै

रेशमको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनुवाइ हुँदै

वि.सं.२०८० जेठ १७ बुधवार ०४:०६

काठमाडौं, १७ जेठ । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम...

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

वि.सं.२०८० जेठ १६ मंगलवार १०:२४

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा...

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

वि.सं.२०८० जेठ १६ मंगलवार १०:०८

काठमाडौं, १६ जेठ । क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरुले...