अमेरिकी प्रतिवेदनबारे सरकारको धारणा किन आएन ?: प्रेम सुवाल

वि.सं.२०८० जेठ ८ सोमवार

काठमाडौं, ८ जेठ । अमेरिकी विदेश मन्त्रालयले निकालेको प्रतिवेदनबारे सरकारको धारणा किन नआएको भन्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न गरेका छन् । आज नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा बोल्दै सुवालले अमेरिकी प्रतिवेदनले भारतीय जनता पार्टीले नेपालका शासक दलका नेताहरुलाई पैसा दिएको भन्दै उल्लेख गरेको विषयमा सरकारले विरोध र भर्त्सना किन नगरेको भन्दै प्रश्न गरेका हुन् ।
‘भारतीय जनता पार्टीले नेपालका शासक दलका नेताहरुलाई हिन्दु राज्य बनाउन रुपैयाँ पठाएको अमेरिकी प्रतिवेदनबारे सरकारको भनाई के हो ? भाजपाले नेपालको आन्तिरिक मामिलामा हस्तक्षेप गरेकोलाई सरकारले विरोध र भ्रत्सना गर्नु जरुरी छैन र ? सुवालले भने ।
प्रकाशित समय : ०६:५० बजे