back

होमस्टे गाउँ भुष्मेमा पर्यटन प्रवर्द्धन गर्न एकजुट भए आमा समूह र युवा क्लब

लमजुङ १० जेठ । मर्स्याङ्दी गाउँपालिका ८, भुष्मेको पर्यटन प्रवर्द्धनमा आमा समूह र युवा क्लव एकजुट भएका छन् । २०७३ सालमा १० घरबाट होमस्टे सुरु भएको भुष्मेमा पर्यटक आगमन बढाउन उनीहरुले गाउँ सरसफाईदेखि जुवातासमुक्त गाउँ बनाउने निर्णय गरेका छन् । आमा समूह र युवा क्लवले गाउँमा पर्यटन प्रवर्द्धन गर्न आमा र युवा संगसंगै अघि बढ्ने निर्णय गरेको गाउँका अगुवा होमराज तामाङले बताए।

तामाङ भाषा, कला र संस्कृतिले धनी मानिएको भुष्मेमा ५५ घर छन् । गाउँलेले व्यावसायिक रुपमा तरकारी खेती समेत गर्दै आएका छन् । गाउँमा फलाएको अग्र्यानिक उपभोग्य खानालाई परिकार बनाएर गाउँमै खुवाउन स्थानीयले होमस्टे संचालन गरेका हुन् । होमस्टेलाई थप व्यवस्थित बनाउन गाउँको प्रचारप्रसार गर्ने, आमा समूह र युवा समूह एकजुट हुने, गाउँ सरसफाई गर्ने, गाउँलाई जुवातासमुक्त बनाउने निर्णय गरेको तामाङले बताए ।

मर्स्याङ्दी गाउँपालिका ८ का वडाअध्यक्ष स्थानीय धनसिंह तामाङको विषेश उपस्थितिमा आमा समूह र युवा क्लव पुनर्गठन समेत गरिएको छ । भुष्मेमा आमा समूह र युवा क्लव गठन गरेको करिब ३ दशक पुग्नै लागेको छ । गाउँको विकासमा एकजुट भएसंगै स्थानीयले गाउँमा सामुहिक तथा व्यक्तिगतरुपमा व्यावसायिक खेती गर्दै आएका छन् । पछिल्लो समय होमस्टे समेत संचालनमा ल्याएको यो गाउँ तामाङ होमस्टे गाउँले चर्चित छ ।

समुद्री सतहदेखि १ हजार ५ सय मिटर उचाईको यो गाउँ लमजुङ सदरमुकाम बेंसीसहरदेखि ४५ मिनेटदेखि १ घण्टाको सवारी यात्रामा पुग्न सकिन्छ । बेंसीसहरबाट खुदी हुँदै भुलभुलेसम्मको ७ किलोमिटर र भुलभुलेबाट ७ किलोमिटर उकालो चढेपछि भुष्मे पुग्न सकिन्छ ।


१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

वि.सं.२०८० जेठ २७ शनिवार ०७:३२

काठमाडौं, २७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे...

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

वि.सं.२०८० जेठ २७ शनिवार ०७:१८

काठमाडौं, २७ जेठ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार...

पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

वि.सं.२०८० जेठ २७ शनिवार ०६:५५

काठमाडौं, २७ जेठ । आफ्नो पार्टीले २०८४ मा सबै खाले...

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

वि.सं.२०८० जेठ २७ शनिवार ०६:३८

काठमाडौं, २७ जेठ । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको...

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

वि.सं.२०८० जेठ २७ शनिवार ०६:२३

काठमाडौं, २७ जेठ । कांग्रेस कमजोर नभएको नेपाली कांग्रेसका नेता...

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

वि.सं.२०८० जेठ २७ शनिवार ०५:४८

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले गत वैशाखसम्ममा शोधनान्तर...