back

पछिल्लो समय हराउँदै सनपाट खेती

महोत्तरीमा सनपाट खेती हराउँदै जान थालेको छ । करिब दुई दशकअघिसम्म सबैजसो किसानले गर्ने खेती पछिल्लो समय देखिन छाडेको हो । घरायसी प्रयोजनका नाम्ला, दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद जोहो गर्ने यो खेती अब जिल्लामा गर्न छाडिएको छ ।

जिल्लाको भङ्गाहा नगरपालिका–४ का ७८ वर्षीय दलबहादुर फुँयालका हातमा अन्य कामबाट फुर्सत मिल्नासाथ अहिले पनि सुत्री कात्ने ढेडुवा (काठको तीन मुख भएको फिरफिरे) हुन्छ । यो काम सनपाटको खेती हुन छाडेपछि केही दशक पहिलेभन्दा केही फरक भएको छ । पहिले आफैँले उत्पादन गरेको सनपाटको सुत्री कात्ने उहाँ अब भने पाटका बोरा उधिन्दै त्यसको धागो छुट्याएर सुत्री कात्ने गरेका छन् ।

“पहिले उमेर छँदा टन्न सनपाट खेती गरिन्थ्यो, आफmुाई वर्षभरि चाहिने नाम्ला, दाम्ला, डोरी र रस्सा बनाएर बाँकी बेचिन्थ्यो”, किसान फुँयालले भने, “अब सनपाट लगाउने आफ्नो शक्ति छैन, गरिआएको काम के गरौँ ? बोरा उधिनेर सुत्री कातिन्छ ।”

फुँयालमात्र नभएर मधेसमा पाका उमेरका किसान अन्य कामबाट फुर्सद भएको समय डोरी, दाम्लो र मोटो रस्सा बनाउन ढेडुवा नचाउँदै सुत्री कात्छन् । सुत्री कात्नु उखरमाउलो गर्मीबीच समवयस्क साथीबीच कुराकानी गर्दै आरामका बेलामा गरिने पाका किसानको आम काम देखिँदै आइएको छ । पहिले सनपाटबाट बनाइने सुत्री अब पुराना बोरा उधिनेर कात्नुपरेको अहिले पनि फिरफिरे नचाइरहनुभएका ७५ वर्षीय अशवा चौधरी थारू बताए ।

करिब दुई दशकअघिसम्म जिल्लाका सबैजसो भेगमा धेरथोर सनपाट खेती गरिन्थ्यो । कुत्रुङ, कश्मिरा र पटुवा जातका सनपाटको खेतीबाट आफूलाई आवश्यक पर्ने सुत्री कातेर अरु बेचेर घरखर्चका लागि नगदको जोहो गरिएको सो बस्तीकै चौधरी र फुँयालका समवयी योगेन्द्र महतो बताए । “आफ्ना नाडी गले, गर्न सकिँदैन, छोराहरूले यो खेतीमा ध्यान दिँदैनन्”, किसान महतोले भने, “तैपनि घरका पशुवस्तुलाई चाहिने दाम्ला आफैँ पु¥याउँ भनेर थोत्रा बोरा उधिन्दै सुत्री कातेको हुँ ।” पछिल्ला केही दशकयता हाटबजारमा प्लाष्टिकका दाम्ला, नाम्ला र डोरी प्रचुर आउन थालेपछि पछिल्लो पुस्ताका किसानले सनपाट सम्झन नै छाडेका उनको भनाइ छ ।

सनपाट घरायसी प्रयोजनका डोरी, नाम्ला, दाम्ला र रस्साका लागिमात्र नभई कागज, बोरा, झोला, कपडा बुन्न उद्योगले किन्ने गथ्र्यो । यसबाहेक असारमा धान रोपाइँ गर्नुअघि खेत हिल्याउँदा सनपाटसहित जोतेर सम्याएपछि मलको आवश्यकता पूरा हुने गरेको किसान सम्झन्छन् । सनपाट छरेको २०–२२ दिन ९करिब तीन साता० भएपछि लहलह हुन्थ्यो । असार लाग्नासाथ धान रोपिनुअघि लहलहाएको सनपाटसहितै जोतेर खेत हिल्याइन्थ्यो । पुराना कुरा सम्झँदै बर्दिबास–९ पशुपतिनगरका किसान ६५ वर्षीय महेन्द्र महतो सम्झनुहुन्छ, “जेठ पहिलो साता छरिएको सनपाटसहितै जेठ मसान्तताका खेत जोतेर हिल्याएपछि पाँच–सात दिनमा गलेर मल बन्थ्यो”, उनले भने, “त्यही मलले धान राम्रो उत्पादन हुन्थ्यो ।”

सनपाट खेतीले जग्गाको उर्वराशक्ति बढाउने किसान बताउँछन् । “डाँठ र पात कुहाएर कम्पोष्ट मल हुने र जराका गिर्खाले नाइट्रोजन मल बनाउने हुँदा यो जग्गाको उर्वराशक्ति बढाउन उपयोगी भएको हो”, उनले भने ।

सनपाट खेतीका लागि बोट छिप्पिएपछि काटेर गहिरो पानीमा डुबाएर केही दिन गलाउनुपर्छ । पानीमा गलेर डाँठ र पाट छुट्टिने भएपछि पानीको दहमै पिटेर पाट ९रेशा० निकालिन्छ । विगतमा महोत्तरीमा लगाइने गरिएका सनपाटमध्ये कुत्रुङ २२ दिन, कश्मिरा तीन दिन र पटुवा १०–१२ दिन पानीमा गलाएपछि चुटेर सफा पार्दै रेशा निकालिन्छ । पछिल्ला केही दशकयता पोखरी, दह र नदीमा पानी सुक्दै गएपछि यो खेतीको प्रचलन पनि सुक्दै गएको किसान बताउँछन् ।

सनपाटको रेशा (धागो) सुत्री कात्न र उद्योगलाई बेच्न सकिने र सन्ठी (डाँठ) दाउरामा प्रयोग गर्ने गरिन्छ । सनपाटको सन्ठी अत्यन्त प्रज्वलनशील हुने हुँदा गाउँघरमा आगो सल्काउन÷जगाउन बचाएर राख्ने पुरानो चलन यताका पाका गृहिणी बताउँछन् ।

सन्ठी दीपावली पर्वमा ‘हुक्कालोली’ खेल्न प्रयोग गर्ने मधेसको चलन छ । भूतप्रेत र दुष्ट आत्माहरुको बस्ती र बालीनालीमा आँखा नलागोस् भनेर सन्ठी बालेर ‘हुक्कालोली’ भन्दै नचाइने यो परम्परालाई खेलकै संज्ञा दिइएको छ । यस प्रयोजनका लागि सन्ठी जोगाएर राखिने गरेको पुरानो विगत यहाँका पाका किसान सम्झन्छन् ।

यो बहुउपयोगी खेती अब जिल्लामा हराउँदै गएको छ । कतैकतैमात्र पुराना किसानले थोरै जग्गामा लगाएका देखिन्छ । पशुपालक किसानलाई दाम्ला, डोरी चाहिरहने सामग्री हुन् । त्यस्तै पाटको रेशा राम्रो मूल्यमा बिक्री हुन्छ । यो खेतीको अर्को महत्वपूर्ण पाटो खेतबारीलाई उर्वर बनाइराख्न मलको आवश्यकता पूरा गर्ने हुँदा मल पाइएन भनेर छट्पटिनु नपर्ने लामो समय कृषि क्षेत्रको सरकारी सेवाबाट निवृत्त हुनुभएका भङ्गाहा–६ का बासिन्दा कृषिविज्ञ राजकिशोर यादव बताउनुहुन्छ । जमिनको सामान्य चिस्यानमा हुनसक्ने सनपाट खेतीमा किसानलाई उत्प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ ।

सनपाट खेती गर्मी हावापानीमा हुने गर्छ । छरेको ठीक ४५ दिनमा काट्न तयार हुने यो खेतीका लागि महोत्तरीको माटो र वातावरण अनुकूल भएको कृषि प्राविधिक बताउँछन् । पानीका दह घट्दै गएपछि पाटका लागि यो खेती अप्ठ्यारो हुँदै गए पनि खेतबारीको मलका लागि किसानलाई अझै यो खेती गर्न उत्प्रेरित गरिनुपर्ने औरही नगरपालिकाका कृषि शाखा प्रमुख कविता सङ्ग्रौला बताए ।


लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:४३

काठमाडौ, २५ जेष्ठ । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने...

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:३०

काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो...

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:२१

काठमाडौं, २५ जेठ । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका...

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:०९

काठमाडौ, २५ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:५७

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४६

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि...