सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० जेठ १२ शुक्रवार

काठमान्डौ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार ८ सय रहेको थियो ।
आज प्रतितोला सुनको मूल्य ५ सयले गिरावट भई १ लाख ८ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य १ लाख ७ हजार ८ सय रहेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । बिहीबार चाँदीको मूल्य १ हजार ३ सय ५० रहेकोमा आज १ हजार ३ सय ४५ कायम भइ कारोबार भइरहेको छ ।
प्रकाशित समय : ०६:२३ बजे