back

हेवा खोला बाढीपहिरो : बेपत्ता हुँनेको सङ्ख्या २२ पुग्यो, सबैको पहिचान खुल्यो

काठमाडौं, ४ असार । सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिएका छन् ।

 वेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका) , सुवास राई ( सङ्खुवासभा) , फैजबहादुर कार्की (झापा) , गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा) , रामजतन थारु (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (सङ्खुवासभा) छन् ।

त्यस्तै गरी सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता हुनुभएको छ । चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा बर्दिया नगरपालिका –७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु छन् । गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ । चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो ।

बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर क्षति भएको छ भने अन्य चार घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीले तीन पक्की पुलमा क्षति पु¥याएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । बाढी भौतिक संरचना बगाउँदा करोडाँैको क्षतिको भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

वि.सं.२०८० असोज ७ आइतवार ०२:३७

काठमाडौं, ७ असोज । राहातका शिक्षकहरुको आन्दोलन आज पनि हुने...

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, दुइ प्रदेशमा हावाहुरी चल्ने

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, दुइ प्रदेशमा हावाहुरी चल्ने

वि.सं.२०८० असोज ७ आइतवार ०२:२७

काठमाडौं, ७ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा...

पाठेघरको क्यान्सर विरुद्ध लगाइने खोप अभियानको म्याद थप

पाठेघरको क्यान्सर विरुद्ध लगाइने खोप अभियानको म्याद थप

वि.सं.२०८० असोज ६ शनिवार ०८:५९

काठमाडौं, ६ असोज । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको...

असन्तुष्ट राहत शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

असन्तुष्ट राहत शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

वि.सं.२०८० असोज ६ शनिवार ०८:४०

काठमाडौं, ६ असोज । शिक्षकहरुको प्रदर्शन आज पनि काठमाडौंमा जारी...

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

वि.सं.२०८० असोज ६ शनिवार ०६:२५

काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा...

एनआरएनए अध्यक्षका प्रत्याशी शर्माको विश्व दौडाहा जारी

एनआरएनए अध्यक्षका प्रत्याशी शर्माको विश्व दौडाहा जारी

वि.सं.२०८० असोज ६ शनिवार ०५:४०

काठमाडौं, ६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका...