back

ताप्लेजुङ पहिरो अपडेटः बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु

काठमाडौ, ४ असार । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ । साथै सोही पहिरोमा परी घाइते हुनुभएका सुरेश राईको निधन भएको छ । स्थानीय कला कडरियाका अनुसार घाइते भएका राजकुमार राईको अवस्था गम्भीर छ । उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ ।

पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिएका थिए । जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता भएका थिए ।

मेहेलेकाको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन् । मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ । मेहेलेमा पहिरोले छ घरलाई बगाएको छ ।


६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

वि.सं.२०८० माघ २६ शुक्रवार ०५:५२

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०–८१ को...

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन

वि.सं.२०८० माघ २६ शुक्रवार ०५:००

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ...

न्याय सेवा आयोगद्वारा ४३ जिल्ला न्यायाधीशका लागि आवेदन माग

न्याय सेवा आयोगद्वारा ४३ जिल्ला न्यायाधीशका लागि आवेदन माग

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:५०

काठमाडौं । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि...

बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?

बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:४३

काठमाडौं । नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको...

फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:३६

काठमाडौं । भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म...

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:२६

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन...