back

सांसद हरि ढकालको नेतृत्वमा गभर्नर महाप्रसाद अधिकारी भेट्न पुगे लगानीकर्ता

काठमाडौ । सेयर बजारका लगानीकर्ताहरुले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिएका छन् । सांसद हरि ढकालको नेतृत्वमा गएको लगानीकर्ताको टोलीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि ८ बुँदे सुझाव दिएको हो ।

उनीहरुले सेयर धितोकर्जामा एकल ग्राहकलाई लगाइएको १२ करोडको सीमालाई हटाउन माग गरेका छन् । सेयर धितोकर्जाको जोखिम भारलाई पुनरविचार गर्न माग गरेका छन् । ब्रोकरमार्फत सेयर धितोकर्जा प्रभावकारी बनाउनको लागि १० अर्बको कोष खडा गर्न माग गरेका छन् ।

बैंक तथा वित्तीय संस्थामा हुने तरलता अभाव, ब्याज दर वृद्धि र मौद्रिक नीतिमा हुने परिवर्तनको चक्रबाट सेयर बजारमा हुने प्रभाव कमगर्ने लगायतका माग राखेका छन् । केन्द्रीय बैंकको प्रावधानअनुसार चालु आर्थिक वर्षको सकिएको एक साताभित्र आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्नुपर्छ । सोहीअनुसार अहिले केन्द्रीय बैंकले आगामी वर्षको मौद्रिक नीतिको लागि सरोकारवालासँग सुझाव मागेको छ ।


गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

वि.सं.२०८० असोज ९ मंगलवार ०८:५२

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा...

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...