जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

वि.सं.२०८० असार ४ सोमवार

काठमाडौ, ४ असार । तानसेन नगरपालिका–१ भुसलडाडा बस्ने राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ८ सय २५ रूपैयाँ र ३५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित समय : १०:३३ बजे