back

फिल्म ‘आदिपुरुष’ रिलिज हुनासाथ विवादमा, राम बन्न इच्छुक थिएनन् प्रभास

काठमाडौं, ५ असार । निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’ रिलिज हुनासाथ विवादमा आएको छ । पहिलोपटक जब फिल्मको ट्रेलर रिलिज भयो, तब यो फिल्म सामाजिक सञ्जालमा ट्रोल बनेको थियो । त्यसपछि ट्रेलरमा केही परिवर्तन गरिए ।

त्यसो त ट्रेलर पनि दर्शकले खासै मनपराएका थिएनन्, तर पनि दर्शकमा फिल्मले आफ्नो चाहना पुरा गर्नेमा आशावादी थिए । जून १६ मा जब फिल्म रिलिज भयो, तब दर्शकहरुको निशानमा फिल्म पर्यो । पौराणिक कथामा आधारित फिल्ममा जुन प्रकारले संवाद र भीएफएक्सको प्रयोग भयो, त्यो कुरा दर्शकका लागि अपाच्य भयो ।यसको परिणाम स्वरुप फिल्मविरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म रिस पोखिए ।

फिल्म ‘बाहुबली’मा सबैलाई आफ्नो शरीर र अभिनयले मोहित पारेका प्रभास पनि ‘राम’को रुपमा दर्शकको मनमा बस्न सकेनन् । निर्देशक राउतका अनुसार फिल्ममा प्रभास पनि रामको भूमिकामा अभिनय गर्न इच्छुक थिएनन् । तर निर्देशक राउतले उनलाई मनाएरै छोडे ।

‘साँचो कुरा भन्नु पर्दा प्रभासलाई मनाउनु सजिलो थिएन, किनकी महामारीको समयमा मेरो ऊसँग फोनमा कुराकानी भएको थियो । कुराकानीका क्रममा प्रभासले मलाई यस्तो के छ कि म यो भूमिका निभाओस् भन्ने तपाईं चाहनुहुन्छ भनेर सोधे ।

त्यसपछि मैले ‘के तिमी ठीक त छौ ? मेरो अर्थ हो कि म चाहन्छु तपाई प्रभु श्रीरामको भूमिका निभाउनुहोस् । म चाहन्छु कि तपाईं राघवको भूमिका निभाउनुहोस् ।उनले भने पक्का ? मैले हो भनें । तर फेरी ऊ सोच्न थाल्यो कि यो कसरी हुन्छ ? यति ठूलो स्टारलाई जुममा कल गरेर फिल्मको कथा सुनाउनु असम्भव थियो ।

त्यसै दिन मैले एक पाइलट व्यवस्था गरें र मुम्बईबाट हैदराबाद आएँ’, ओमले भनेका छन् । उनले अगाडि भनेका छन्, ‘म हैदराबाद गएँ र जब मैले उनलाई फिल्म सुनाएँ, तब उसले सहमति जनायो । ऊ निकै उत्साहित थियो । ऊ जहिल्यै एक यस्तो व्यक्ति हो, जसले मेरो समर्थन गर्यो र ममाथि विश्वास गर्यो’, उनले भनेका छन् ।


टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल

टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल

वि.सं.२०८० असोज १६ मंगलवार ०८:३४

काठमाडौ, १६ असोज । मुलुकको अर्थतन्त्रको अवस्था चिन्ताजनक रहेको पूर्वअर्थमन्त्री...

अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्छ : अर्थसचिव पुष्कर

अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्छ : अर्थसचिव पुष्कर

वि.सं.२०८० असोज १६ मंगलवार ०७:२१

काठमाडौ, १६ असोज । हालको राजस्व नीति र परम्परमगत राजस्व...

एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्डको अनुमति

एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्डको अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार ०७:०७

काठमाडौ, १६ असोज । एनआइसी एसिया क्यापिटले म्युचुअल फन्ड योजना...

कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति

कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार ०६:४६

काठमाडौ, १६ असोज । कुमारी बैंकले ५ अर्ब रुपैयाँको ५०...

डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा

डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा

वि.सं.२०८० असोज १६ मंगलवार ०५:४३

काठमाडौं, १६ असोज । डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर...

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

वि.सं.२०८० असोज १६ मंगलवार ०५:२७

काठमाडौं, १६ असोज । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य...