गौर हत्याकाण्डका अपराधीसँग घाटी जोड़नेहरुलाई के भन्नुहुन्छ ?– प्रभु साह

वि.सं.२०८० असार ५ मंगलवार

काठमाडौं, ५ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले समाजवादी मोर्चामाथि प्रश्न उठाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा मोर्चा गठन भए पछि उनले प्रश्नसमेत गरेका छन् ।
‘जनयुद्धकालीन मुद्धामा वारेण्ट काटने र गौर हत्याकाण्डका अपराधी संग घाटी जोड़नेहरुलाई के भन्नुहुन्छ ?’ साहले सामाजिक सञ्जालमा लेखेका छन् । उनले मोर्चा गठनको तस्विर र गौर हत्याकाण्डको मुद्धाको प्रतिलिपि साथै राखेर उक्त प्रश्न गरेका हुन ।
प्रकाशित समय : ०४:१० बजे