back

तनहुँस्थित गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

काठमाडौंं ५ असार । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । गम्भीर घाइते भई पोखरा पठाइएका बलबहादुरको राति मृत्यु भएको उनले बताए ।

ढिस्काले पुरिएर घाइते झापाको शिवशताक्षी –७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका थिए ।


आज स्वदेश फर्कदै सभामुख घिमिरे

आज स्वदेश फर्कदै सभामुख घिमिरे

वि.सं.२०८० असोज ७ आइतवार ०२:४३

काठमाडौं, ७ असोज । सभामुख देबराज घिमिरे आज स्वदेश फर्कदैछन...

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

वि.सं.२०८० असोज ७ आइतवार ०२:३७

काठमाडौं, ७ असोज । राहातका शिक्षकहरुको आन्दोलन आज पनि हुने...

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, दुइ प्रदेशमा हावाहुरी चल्ने

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, दुइ प्रदेशमा हावाहुरी चल्ने

वि.सं.२०८० असोज ७ आइतवार ०२:२७

काठमाडौं, ७ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा...

पाठेघरको क्यान्सर विरुद्ध लगाइने खोप अभियानको म्याद थप

पाठेघरको क्यान्सर विरुद्ध लगाइने खोप अभियानको म्याद थप

वि.सं.२०८० असोज ६ शनिवार ०८:५९

काठमाडौं, ६ असोज । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको...

असन्तुष्ट राहत शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

असन्तुष्ट राहत शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

वि.सं.२०८० असोज ६ शनिवार ०८:४०

काठमाडौं, ६ असोज । शिक्षकहरुको प्रदर्शन आज पनि काठमाडौंमा जारी...

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

वि.सं.२०८० असोज ६ शनिवार ०६:२५

काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा...