back

नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न अर्थ समितिले दिएको निर्देशन खारेज

काठमाडौं, ५ असार । नयाँ ब्रोकर  लाइसेन्सको प्रक्रिया रोक्न अर्थ समितिले दिएको निर्देशन खारेज भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघिको आफ्नै निर्देशन खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन दिने निर्णय गरेको हो ।

छलफलका क्रममा नयाँ ब्रोकर लाइसेन्सलाई रोक्न नहुने निष्कर्ष निस्कियो । खुला अर्थतन्त्रको मान्यतामा पहिलो पटक खुला प्रणालीबाटै लाइसेन्स वितरणको प्रक्रिया अघि बढाइएकाले यसले कसैलाई पनि हानी नगर्ने निष्कर्षसहित प्रक्रिया अघि बढाउन भनिएको छ ।

जेठ २९ गतेको अर्थ समितिको बैठकले कानुनी व्यवस्था मिलाएर बोर्डले थप लाइसेन्स बाँड्न लागेको भन्दै विरोध भएको थियो भने लाइसेन्स प्रक्रिया नै रोक्न धितोपत्र बोर्डलाई निर्देशन गरेको थियो । विवादकाबीच अघि बढेको नयाँ ब्रोकर लाइसेन्सका ४५ कम्पनीले आवेदन दिएकामा हालसम्म प्रक्रिया पुर्‍याएका र पूर्वाधार तयार गरेका १९ कम्पनीले लाइसेन्स पाइसकेका छन् । बाँकी आवेदन परेका कम्पनीहरूको समेत प्रक्रिया र पूर्वाधार हेरेर मापदण्ड पुगेकालाई लाइसेन्स दिन बोर्डको तयारी छ ।


बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

वि.सं.२०८० असोज ७ आइतवार ०३:५०

काठमाडौं, ७ असोज । चीन भ्रमणमा क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल...

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

वि.सं.२०८० असोज ७ आइतवार ०३:४०

काठमाडौं, ७ असोज । बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको...

काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

वि.सं.२०८० असोज ७ आइतवार ०३:३४

काठमाडौं, ७ असोज । गर्मीमा काँक्रो खाने हो भने तौल...

शिल्पा शेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

शिल्पा शेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

वि.सं.२०८० असोज ७ आइतवार ०३:२९

काठमाडौं, ७ असोज । शिल्पा शेट्टीको फिल्म सुखी शुक्रबारबाट हलमा...

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

वि.सं.२०८० असोज ७ आइतवार ०३:२०

काठमाडौं, ७ असोज ।  फिलिपिन्सले विवादित दक्षिण चीन सागर क्षेत्रमा...

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

वि.सं.२०८० असोज ७ आइतवार ०३:१०

काठमाडौं, ७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान...