जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

वि.सं.२०८० असार ५ मंगलवार

काठमाडौं, ५ असार । काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित समय : ०९:५२ बजे